चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका विभिन्न कालखण्डमा भएका अप्रिय घटना र भ्रष्टाचारको जड एउटै भएको आरोप लगाएका छन्।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेका घटना घटाउनेहरू र सत्ताको दुरुपयोग गर्नेहरू फरक नभएको दाबी गरे।
‘सिंहदरबार त्यसैले जलायो जसले यसलाई भ्रष्टाचारको अखडा बनायो। बालबालिकालाई गोली पनि उसैले हान्यो। सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने शक्ति एउटै हो,’ उनले भने । उनले पुराना राजनीतिक शक्तिहरूप्रति लक्षित गर्दै देशको दुरावस्थाको जिम्मेवार उनीहरू नै भएको बताए।
आफूहरू इतिहासले मागेको परिवर्तनको आवश्यकता पूरा गर्न राजनीतिमा आएको बताउँदै उनले मतदाताहरूलाई पार्टी नभई प्रवृत्ति बदल्न आग्रह गरे। ‘तपाईं जो जहाँ हुनुहुन्छ, राजनीतिक दल बदल्नुपर्छ भनेकै छैन, मात्र आफ्नो मत बदल्नुस्,’ उनले भने, ‘रास्वपा कुनै एउटा समूहको मात्र होइन, यो सबैको साझा पार्टी हो।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।