लोड हुँदैछ...

मेनु

देशलाई हेटौंडा कारखाना होइन, वाइवाइ जस्तो बनाउनुपर्छ : बालेन

देशलाई हेटौंडा कारखाना होइन, वाइवाइ जस्तो बनाउनुपर्छ : बालेन

चितवन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली नागरिकलाई स्वदेशमै उत्पादन भएको तरकारी खुवाउनु पर्नेमा जोड दिएका छन्। शुक्रबार चितवनमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले किसान र स्वदेशी उत्पादनको सुरक्षाका लागि राज्य गम्भीर हुनुपर्ने बताएका हुन्।

सम्बोधनका क्रममा बालेनले केही नेता र बिचौलियाहरूको ‘सिन्डिकेट’ का कारण नेपाली किसान मारमा परेको आरोप लगाए। उनले भने, ‘केही नेता र बिचौलियाले सिन्डिकेट खडा गरेर देशबाहिरको तरकारी खुवाउने काम गरिरहेका छन्। अब देशबासीलाई आफ्नै माटोमा उब्जिएको तरकारी खुवाउन जरुरी छ।’

उनले किसानले आफ्नो उत्पादनको सही मूल्य र उचित बजार नपाएकोमा चिन्ता व्यक्त गरे। विशेषगरी चितवनका किसानहरूले भोग्दै आएको बजार अभावको समस्यालाई उनले प्रमुखताका साथ उठाए। ‘किसानलाई उनीहरूको पसिनाको सही मूल्य दिनु राज्यको दायित्व हो,’ उनले थपे।

मुलुकको आर्थिक अवस्था र उद्योगधन्दाको बारेमा टिप्पणी गर्दै बालेनले एक रोचक तुलना गरे। उनले भने,‘हाम्रो देश अहिले हेटौंडा कपडा कारखाना जस्तै थलिएको भएको छ। अब यसलाई वाइवाइ चाउचाउ जस्तै सफल र विस्तार भएको बनाउनुपर्छ।’ उनको यो भनाइले सरकारी उद्योगहरू धराशायी भएको र देशलाई आत्मनिर्भर एवं सफल निजी उद्योगको मोडलमा अगाडि बढाउनुपर्ने सङ्केत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।