लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मुक्तिनाथ दर्शन

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मुक्तिनाथ दर्शन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङस्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत मुक्तिनाथ पुग्नुभएकी प्रधानमन्त्रीले १०८ धारामा स्नान र मन्दिरमा पूजाअर्चना गर्नुका साथै त्यहाँ रहेका स्वदेशी तथा विदेशी पर्यटकहरूसँग भलाकुसारीसमेत गरिन् ।

भ्रमणका क्रममा मुक्तिनाथ विकास समितिले मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका योजनाहरू पुरातत्व विभागमा स्वीकृतिका लागि रोकिएको भन्दै ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्रीले विभागका महानिर्देशकसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिइन् ।

यसैगरी, प्रधानमन्त्री कार्कीले जोमसोमस्थित इन्द्रबक्स गणमा सुरक्षा निकाय र निर्वाचन अधिकारीहरूसँग अन्तरक्रिया गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिइन् । सो क्रममा उनले जिल्लाको सुरक्षा अवस्था र निर्वाचन तयारीबारे पनि जानकारी लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।