विराटनगर । नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो बानेश्वरस्थित एभरेस्ट होटलमा हुने कार्यक्रममा घोषणापत्र सार्वजनक गर्न लागेका हुन्।
निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनवका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न दलहरुलाई निर्देशन दिएको थियो।
एमालेले आयोगले तोकेको समयसीमाभन्दा चार दिन ढिलोगरि घोषणापत्र सार्वजनिक गर्न लागेको हो। घोषणापत्र सार्वजनिक गर्न ओली बुधबार साँझै काठमाडौँ आइसकेका छन्। ओली झापा ५ बाट उम्मेदवार छन्।
कांग्रेले पनि तीन दिन ढिलोगरि बुधबार मात्रै जनकपुरमा भएको कार्यक्रममा आफ्नो चुनावी प्रतिज्ञापत्र ल्याएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।