लोड हुँदैछ...

मेनु

मोरङ १ मा कुशल लिम्बूको चुनावी अभियान तीव्र

मोरङ १ मा कुशल लिम्बूको चुनावी अभियान तीव्र

उर्लाबारी । मोरङ–१ मा विकासमुखी एजेन्डासहित उम्मेदवारी दिनु भएका कुशल लिम्बूको चुनावी अभियान तीव्र बनेको छ। क्षेत्रको पूर्वाधार विकास, जनसेवा र प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकतामा राख्दै आएका लिम्बूको पक्षमा मतदातासँग व्यापक अपिल गरिएको छ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका लिम्बू यतिबेला गाउँ–गाउँ पुगेर घरदैलो अभियान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सक्रिय देखिनुभएको छ । स्थानीय समस्या प्रत्यक्ष सुन्ने, तत्काल समाधानका लागि पहल गर्ने र दीर्घकालीन विकास योजना अघि सारेको भन्दै समर्थक तथा शुभेच्छुकहरूले यस पटक उहाँलाई विजयी गराउन आग्रह गरिरहेका छन्। समर्थकहरूका अनुसार लिम्बू विगतदेखि नै सडक, खानेपानी, शिक्षा र सामाजिक पूर्वाधारका क्षेत्रमा चासो राख्दै काम गर्दै आउनुभएका नेता हुनुहुन्छ । “कागजमा होइन, व्यवहारमा विकास देखिनुपर्छ” भन्ने सन्देशसहित उहाँ मतदातामाझ पुग्नुभएको छ ।

“काम गर्ने, परिणाम देखाउने नेतृत्व आवश्यक छ” भन्ने नारासहित उहाँको चुनावी टोली यतिबेला टोल–टोलमा पुगेर मतदातासँग संवाद गरिरहेको छ। स्थानीय आवश्यकतामा आधारित विकास मोडेल प्रस्तुत गरेको र पहुँचयोग्य नेतृत्वको छवि बनाएको भन्दै मोरङ–१ मा उहाँको पक्षमा माहोल बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।