लोड हुँदैछ...

मेनु

किसानलाई ५० प्रतिशत अनुदानमा मौरीको घार वितरण

किसानलाई ५० प्रतिशत अनुदानमा मौरीको घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि तथा व्यावसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरेको छ।

एक कार्यक्रमबीच नगरपालिकाले ९० वटा मौरीसहितका घार कृषक समूह तथा व्यक्तिगत कृषकलाई हस्तान्तरण गरेको हो।

नगरप्रमुख महेश थपलियाका अनुसार मौरीपालनलाई वैकल्पिक मात्र नभई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। प्रतिघार १० हजार ८ सय रुपैयाँ लागत रहेको मौरीसहितको घार कृषकलाई आधा मूल्यमा उपलब्ध गराइएको छ ।

घारको ५० प्रतिशत रकम नगरपालिकाले अनुदानस्वरूप व्यहोरेको छ। कार्यक्रमबाट विशेषगरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन्। कृषि शाखाका अनुसार आर्थिक वर्ष २०८२–८३ मा मौरीपालन प्रवर्द्धन कार्यक्रमका लागि नगरसभाबाट ६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बाँकी बजेटबाट मौरीपालक कृषकलाई तालिम प्रदान गरिने योजना रहेको नगरपालिकाले जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।