झापा । नेकपा (एमाले) ले शुक्रबारदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घर–घरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकै पटक हजारौँ कार्यकर्ता परिचालन गरेको छ ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा क्षेत्र ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार मतदाताका सुझाव तथा पार्टीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले भेटघाटलाई तिब्र बनाइएको हो । भेटघाटमा पार्टीको आफ्नो भूगोलमा रहने केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी, जिल्ला, क्षेत्रीय कमिटिमा रहने सबै पदाधिकारी तथा सदस्य स्थानीय टोल समितिमा आवद्ध कार्यकर्ता सहभागी रहनेगरी जनताको घरघरमा पुगेर भेटघाट र छलटफल गरिएको एमाले झापाले जनाएको छ ।
यस क्रममा जनतबाट आएका सुझाव र पार्टीले खेल्नुपर्ने भूमिका बिषयलाई सम्बोधन गरिने एमालेले जनाएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गतका २९ वटा वडाका सबै टोलमा पर्ने प्रत्येक घरमा पुगेर मतदातालाई निर्वाचनमा भाग लिन तथा नेकपा ९एमाले० का उम्मेद्वार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिजयी गराउन समेत आग्रह गरिएको छ । झापाको दमक नगरपालिका ५ स्थित प्रशान्ति टोलमा भेटघाटमा ब्यस्त नेकपा ९एमाले० को भातृ संगठन अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालका अनुसार हामी आफ्नो क्षेत्र टोलको प्रत्येक घरमा पुगेर मतदातासँग छलफल गरिरहेका छौं । यसक्रममा धेरै मतदाताले उत्साहपूर्वक सुझाव दिएको दाहालले बताए । भेटघाटको क्रममा जनताले दिएको आश्वाशन सुझावले आफूहरुलाई थप उत्साहित बनाएको दाहालको भनाइ छ ।
यसक्रममा फागुन २१ गते हुने निर्वाचनमा देश बिकास गर्ने तथा देशको नेतृत्व गर्नेगरी एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यो क्षेत्रबाट बिजयी गराउन सन्देश लिएर जनतासँग हामी अभियानको रुपमा अघि बढेका छौ । शुक्रबार उक्त टोलका झण्डौ ७० घरमा पुगेर भेटघाट गरिएको जानकारी अध्यक्ष दाहालले जानकारी दिए ।
जनतासँग एमाले सधै साथमा रहेको बताउँदै आफ्नो टोलमा कुनै पनि नराम्रो गतिबिधि र भ्रामक प्रचार गरेर दुर्घटना हुन नदिनेगरी समाजमा एक आपसमा सद्भाव र मित्रवत व्यवहार कायम राख्न सबैमा अनुरोध गरिएको छ । हिजोदेखि सबै टोलमा यो अभियानको रुपमा अघि बढाइएको छ । यो क्रम केही दिनसम्म निरन्तर जारी रहने जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।