लोड हुँदैछ...

मेनु

हिमालयको दिगोपन र विकासबारे पूर्वाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन

हिमालयको दिगोपन र विकासबारे पूर्वाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन

विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा बिहीबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलन विश्वविद्यालयले आयोजना गरेको हो।

“इनभिजिनिङ दि हिमालयन फ्युचर ः पाथवे टु सस्टेनाबिलिटी एण्ड डेभेलोपमेण्ट” शीर्षकमा आयोजित सम्मेलनमा १९४ वटा अनुसन्धानमूलक लेख समावेश छन्। कला, कानून तथा शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, तथा मेडिसिन एण्ड हेल्थ साइन्स लगायतका पाँच विधामा छलफल केन्द्रित गरिएको छ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले अन्तर्राष्ट्रिय सम्मेलनहरूको महत्वबारे प्रकाश पारे । यस्ता कार्यक्रमले विकास, व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वविद्यालयहरूबीचको सहकार्य सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

पहिलो दिन तीन वटा प्लेनरी सत्र र एउटा प्राविधिक सत्र सञ्चालन गरिएका छन् । पहिलो सत्रमा सिनासका कार्यकारी निर्देशक प्रा.डा.मृगेन्द्रबहादुर कार्की र नर्वेका प्राध्यापक स्टेन डब्ल्यु वालेसले मुख्य वक्ताका रूपमा सम्बोधन गरे । दोस्रो सत्रमा चुलालोङकोर्न विश्वविद्यालय, थाइल्याण्डका प्रा.डा.किटाइङ आङसुली, स्टेट युनिभर्सिटी अफ इन्टरनल अफेयर्स, पोल्याण्डका प्राध्यापक राफल लिजुट तथा नर्थ वेस्ट युनिभर्सिटी, दक्षिण अफ्रिकाका प्राध्यापक लुसिस बोटेज मुख्य वक्ता थिए ।

तेस्रो सत्रमा काठमाडौं विश्वविद्यालयका प्रा.डा. सुदन झा, बीएमएल युनिभर्सिटी, भारतका प्राध्यापक अनिरुद्ध अग्रवाल तथा एशिया प्यासिफिक ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुज, नेदरल्याण्डका उपेन्द्र साद पौड्यालले सम्बोधन गरे । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.विजुकुमार थपलियाले सम्मेलनको उद्देश्य र महत्वबारे जानकारी दिँदै सहभागी तथा अतिथिहरूलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।