विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज धुमधामका साथ वैदिक विधिद्वारा सरस्वती पूजा गरिएको छ । एभरेष्ट स्कुलका मन्टेश्वरी, सेकेन्डरी र कलेजका ब्लक परिसरमा छुट्टाछुट्टै मुर्ति स्थापना गरि वैदिक विधिद्वारा सरस्वतीको पूजा गरिएको हो । हाम्रा धर्म र संस्कृति सबैको साझा सम्पति रहेको भन्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यादातृ सरस्वतीको पूजा आरधना गर्दा विद्यार्थीहरुमा पनि छुट्टै उर्जा मिल्ने बताउनुभयो ।
यस्ता पर्वहरुले धैर्यता, एकाग्रता र उर्जा समेत प्रदान गर्ने भन्दै उहाँले विद्यालयमा हरेक दिन सरस्वती बन्दना समेत गराउँदै आएको स्मरण गर्नुभयो । बिहानै नुहाई धुवाई गरेर विद्यालय पुगेका विद्यार्थीहरुले पण्डितजीले वाचन गरेका सरवती स्तोत्रमा प्रार्थना गर्दै पूजा गरेका छन् । सरस्वती पूजाका लागि विद्यार्थी सहित अभिभावकहरुको समेत सहभागिता थियो भने शिक्षक कर्मचारीहरुको समेत उपस्थिती थियो ।
विद्यालयका प्राचार्या पुरी र अध्यक्ष विनोद ढकालले मन्टेश्वरी ब्लकमा पूजा गरेपछि आरम्भ भएको सरस्वती पूजा माध्यामिक तह र कलेज परिसरमा भने विद्यार्थीहरुले आफै पूजा गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।