लोड हुँदैछ...

मेनु

प्रेम आले नेकपा प्रवेश, पाए कैलाली ५ बाट टिकट

प्रेम आले नेकपा प्रवेश, पाए कैलाली ५ बाट टिकट

काठमाडौं । तत्कालिन नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रेम आले नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित दर्जनबढी कम्युनिष्ट पार्टीहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको एकता प्रक्रियामा आले मौन बसेका थिए । यद्यपि उनले मनोनयन आउन तीन दिन बाँकी छँदा नेकपाबाटै टिकट लिएका हुन् । उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कैलाली ५ बाट निर्वाचन लड्ने गरी टिकट दिएका छन् ।

यो सँगै कैलालीका ५ वटै निर्वाचन क्षेत्र नेकपाले जित्ने सो पार्टीले दाबी गरेको छ । २०७९ सालको निर्वाचनमा त्यहाँको ५ मध्ये ३ वटा नागरिक उन्मुक्ति पार्टी, एउटा कांग्रेस र एउटामा आलेले जितेका थिए । नाउपा पनि नेकपामा मिसिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।