विराटनगर । आसन्न प्रतिनिधि सभाको मध्यावती निर्वाचनका लागि मोरङमा ४१ हजार दुई सय ९५ नयाँ मतदाता थप भएका छन्।
मोरङका ६ वटा निर्वाचन क्षेत्रमा नयाँ मतदाताहरू थपिएका हुन् । कुल मतदाता ७ लाख ८३ हजार ५० जना छन् । पुरुषको सङ्ख्या ३ लाख ९९ हजार ६८६ रहेको छ भने महिला मतदाताको संख्या ३ लाख ८३ हजार ३५७ रहेको कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। त्यसैगरी अन्य मतदाताको सङ्ख्या सात रहेको छ।
मोरङ जिल्लामा कुल ३०६ वटा मतदानस्थल र ८८८ वटा मतदान केन्द्र रहनेछन्। २०७९ सालको संसदीय निर्वाचनभन्दा ३९ वटा मतदान केन्द्र थपिएका हुन्। कोशी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार एक मतदान केन्द्र बराबर एकजना मतदान अधिकृत एकजना सहायक मतदान अधिकृत तीन जना कर्मचारी र एकजना कार्यालय सहयोगी रहनेछन्।
निर्वाचन आयोग कोशी प्रदेशका कर्मचारीहरू बिदाको समय तथा अतिरिक्त कामकाज मा खटिएर निर्वाचन शान्तिपूर्ण भयरहित तथा निष्पक्ष हुनेमा विश्वस्त छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।