लोड हुँदैछ...

मेनु

कोशीमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारद्वारा मनोनयन दर्ता

कोशीमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारद्वारा मनोनयन दर्ता

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका छन्। बुधबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गठबन्धनका तीनै जना साझा उम्मेदवारहरूले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अन्य समूहमा र नेकपा एमालेले दलितु र महिला कोटामा उम्मेदवारी दिएका छन्। जसअनुसार अन्य समूहमा कांग्रेसका सुनिलबहादुर थापा, दलित कोटामा एमालेका सोम पोर्तेल र महिला कोटामा एमालेकै रोशनी मेचेले मनोनयन दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds