विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा नरेशकुमार साह निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनमा साह ४५ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नविन लामिछानेले ४४ मत प्राप्त गरे भने भुपेन्द्र बाह्रकोटीले २९ र डाक्टर निरज मिश्रले १५ मत प्राप्त गरे ।
उपसभापतिमा दृष्टि वस्ती ५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जीवन थापाले ४६ र शंकर प्रसाद भण्डारीले ३४ मत प्राप्त गरे ।
संघको महासचिवमा डा.प्रशन्न दाहाल ८६ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी दुर्गाप्रसाद बाँस्कोटाले ४७ मत प्राप्त गरे । यस्तै, ७३ मत ल्याएर सचिवमा पुकार चौधरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी दिक्षा पौडेलले ६० मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा भने प्रमिला सिन्हा ६९ मतसहित विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्दी अविनाशकुमार मण्डलले ६३ मत प्राप्त गरे ।
संघका ८ जना सदस्य भने यसअघि नै निर्वाचित भइसकेका छन् । खुल्ला सदस्यमा रोहित शर्मा र भोलानाथ लुुईंटेल निर्विरोध निर्वाचित भए भने महिला सदस्यमा अस्मिता श्रेष्ठ, ईञ्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदनबहादुर थापा निर्विरोध निर्वाचित भए । त्यसैगरी, विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशिल रेग्मी, शिक्षण अस्पतालबाट राकेश कुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदिप के.सी. र जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोजकुमार मेहता निर्वाचित भएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।