लोड हुँदैछ...

मेनु

नेकपा (संयुक्त) द्वारा कोशी प्रदेश कमिटी गठन, आगामी निर्वाचनमा सक्रिय हुने निर्णय

नेकपा (संयुक्त) द्वारा कोशी प्रदेश कमिटी गठन, आगामी निर्वाचनमा सक्रिय हुने निर्णय

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को कोशी प्रदेश कमिटीको प्रथम विस्तारित बैठकले सांगठनिक विस्तार र चुनावी तयारीका सन्दर्भमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। विराटनगरमा पार्टीका केन्द्रीय कार्यवाहक अध्यक्ष घनश्याम भुसालको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश संयोजक महेश रेग्मीको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनमा सक्रियताका साथ सहभागी हुने संकल्प गरेको हो।

बैठकलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष भुसालले देशका ठूला कम्युनिस्ट पार्टीहरू सैद्धान्तिक र वैचारिक रूपमा स्खलित हुँदै दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप लगाए । उनले नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीचको एकतालाई वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा एउटा बलियो कदमको रूपमा व्याख्या गर्दै आगामी निर्वाचनलाई वर्ग संघर्षको रूपमा प्रयोग गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

सांगठनिक निर्णयअनुसार भेलाले महेश रेग्मीको संयोजकत्वमा ९७ सदस्यीय कोशी प्रदेश कमिटीलाई अनुमोदन गरेको छ। त्यसैगरी, भीमबहादुर बस्नेत (क्षेत्री) को संयोजकत्वमा ५१ सदस्यीय मोरङ जिल्ला कमिटी र कविराज घिमिरेको संयोजकत्वमा ३१ सदस्यीय विराटनगर महानगर कमिटी समेत घोषणा गरिएको छ। पार्टीले पुस मसान्तभित्र सबै जिल्ला कमिटी र माघ १५ भित्र जनसंगठनहरू निर्माण गर्ने लक्ष्य राखेको छ।

कोशी प्रदेशबाट समानुपातिकतर्फका १९ जना उम्मेदवारहरूको नामावली समेत तय गरिएको छ। जसमा जावेद हेदर, रातो कुमारी राजधामी, शम्भु शाह सुडी, रामचन्द्र मटियत, अनिता कुमारी मण्डल, धर्मराज निरौला, टेक रत्न चेम्जोङ, र तिलक परियारलगायत विभिन्न क्लस्टरबाट प्रतिनिधित्व गर्ने नेताहरू रहेका छन्।

बैठकले पार्टीका कमिटीहरूलाई आत्मनिर्भर बनाउन आन्तरिक स्रोत व्यवस्थापनमा जोड दिने निर्णय गर्नुका साथै उपचाररत केन्द्रीय सदस्य निलम ढुंगेलको स्वास्थ्य लाभको कामना गरेको छ। कार्यक्रममा हर्कमान तामाङ, भवानी खापुङ, धर्म निरौला, डा. महेश न्यौपाने, वरिष्ठ अधिवक्ता माधव भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds