लोड हुँदैछ...

मेनु

बालेन र रविको सहमतिमा हर्क साम्पाङको कठोर कटाक्ष : सिंहदरबार जलाउनेले प्रधानमन्त्री बन्ने सपना देखेछन्

बालेन र रविको सहमतिमा हर्क साम्पाङको कठोर कटाक्ष : सिंहदरबार जलाउनेले प्रधानमन्त्री बन्ने सपना देखेछन्

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँका मेयर बालेन शाहबीच भएको राजनीतिक सहमतिप्रति धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा आपत्ति जनाएका छन्। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेन र रवि लामिछानेको सहकार्यलाई तिखो आलोचना गर्दै कठोर कटाक्ष गरेका हुन्।

मेयर साम्पाङले बालेन शाहलाई जनतामा जाने साहस नभएको व्यक्तिको रूपमा चित्रण गर्दै प्रधानमन्त्री बन्ने सपना देखेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले रवि र बालेनलाई ‘सिंहदरबार जलाउने जोडी’ को संज्ञा दिँदै उनीहरूले विदेशीको इसारामा देश चलाउन खोजेको गम्भीर आरोप समेत लगाएका छन्।

आफ्नो फेसबुक पेजमा साम्पाङले लेखेका छन्, ‘हा.. जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ फटाहाहरू… सिंहदरबार जलाउने र जेन–जीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे १’

रास्वपा र बालेनबीच आगामी निर्वाचनमा बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने ७ बुँदे सहमति भएको खबर सार्वजनिक भए लगत्तै साम्पाङको यस्तो आक्रोशपूर्ण टिप्पणी आएको हो। उनले यो सहमतिलाई ‘फटाहाहरू’ को खेलको संज्ञा दिँदै युवा पुस्ता (जेन–जी) को भविष्यमाथि खेलबाड भएको दाबी समेत गरेका छन्। यसअघि पनि विभिन्न मुद्दामा बालेन शाहसँग असहमति राख्दै आएका साम्पाङ पछिल्लो राजनीतिक समीकरणले झन् आक्रामक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।