लोड हुँदैछ...

मेनु

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक शनिबार पनि हुन लागेको हो । आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बसेको र नेताहरुले धारणा राख्ने काम भएको कांग्रेसले जनाएको छ ।

महाधिवेशनको तयारी र निर्वाचनबारे बैठकमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।