एजेन्सी । स्टार रणवीर सिंहको फिल्म ‘धुरन्धर’ रिलिज भएको २१ दिनमै विश्वब्यापी १ हजार करोड क्लबमा प्रवेश गरेको छ । जुन भारतीय फिल्मको लागि एक प्रमुख कोशेढुंगा हो ।
यो फिल्मले भारतमा मात्रै ६६८.८० करोड भारु कमाएको छ, जबकि यसको विश्वव्यापी कमाई अहिले १,००६.७ करोड भारु पुगेको छ । बलिउडका ब्यापार विश्लेषक ‘धुरन्धर’ बलिउडलाई अत्यन्तै आवश्यक पर्ने ब्लकबस्टरको रूपमा देखा परेको बताउँछन् । ‘छावा’ पछि यो दोस्रो फिल्म हो जसले यस वर्ष बक्सअफिसमा प्रभुत्व मात्र जमाए, सार्वजनिक चासोलाई पनि आकार दियो ।
‘छावा’ ले सन् २०२५ को सुरुवातमा कीर्तिमानी कमाइ गर्यो । ‘धुरन्धर’ ले वर्षको अन्त्यमा सशक्त वर्षको समाप्ती रच्यो । यसले उद्योगको लागि आशावाद पुनर्जीवित गरेको छ । फिल्मको क्राफ्टलाई लिएर चौतर्फी प्रशंसा भएको छ । यद्यपि, कथावस्तु भूराजनीतिक भएकाले यसलाई लिएर विवाद देखिन्छ । बलिउड अभिनेता ऋतिक रोशनले मेकिङको प्रशंसा गर्दै यसको कथामा आफ्नो असहमति रहेको बताएका छन्
‘एन्टी–पाकिस्तान’ कथा भएको जनाउँदै खाडीका ६ राष्ट्रले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का नेता खुलेरै प्रशंसामा उत्रिएका छन् । यसकारण, यसले राजनीतिक तहमा समेत मत विभाजन गरिरहेको देखिन्छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।