सप्तरी । सप्तरीको राजगढ गाउँपालिकामा घुरबाट आगो सल्किएर साडीमा लाग्दा जलेर एक वृद्ध महिला गम्भीर घाइते भएकी छन् । राजगढ गाउँपालिका ४ घर भएकी ७० वर्षीया उमदा देवी मण्डलले गाई गोठमा लगाएको घुरबाट आगो सल्किएर साडीमा लाग्दा गम्भीर घाइते हुनुभएको हो ।
गाई गोठमा लगाएको घुरबाट मण्डलको साडीमा आगो सल्किन गई कम्मरभन्दा मुनिको ५० प्रतिशत भाग जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
गम्भीर घाइते मण्डललाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारपछि थप उपचारका हाल विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।