लोड हुँदैछ...

मेनु

मधेशको सभामुख रामअशिष यादवलाई बनाउने सहमति

मधेशको सभामुख रामअशिष यादवलाई बनाउने सहमति

विराटनगर । मधेश प्रदेशको सभाुमखको विषयमा सात दलका बिचमा सहमति जुटेको छ । आज बसेको सात दलीय गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिष यादवलाई सभामुख बनाउने विषयमा सहमति जुटेको हो ।

सभामुखको उम्मेदवार बनाएका यादव जसपा नेपालका प्रमुख सचेतक छन् । मधेशमा रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता गर्ने तालिका छ ।

सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाटदोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । गत मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूलको आचरण नगरेको अभियोगमा सातदलीय गठबन्धनले दुई तिहाई बहुमतबाट पदमुक्त गरेपछि नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।