लोड हुँदैछ...

मेनु

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

विराटनगर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् ।

शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो ।

यादवको पक्षमा कुल ९२ मत परेको थियो । मतदानमा सहभागी भएका सबै सांसदहरूले उनलाई मत दिएका थिए ।

साेही कारण प्रस्तावकाे विपक्ष तथा तटस्थमा शून्य मत परेकाे थियाे । एमाले इतर सात दलकाे सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई आज नेकपा एमालेले समेत पक्षमा मत दिएकाे थियाे। 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।