विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको मत लिदै छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ । यादवले बुधबार प्रदेशसभा सचिवालयलाई विश्वासको मतका लागि बैठक बोलाउन पत्राचार गरेका थिए।
यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको १५ दिनपछि उनले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।