विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवमा निर्वाचित भएका छन् । उनका दाजु दिपक कार्की भने केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
मुख्यमन्त्री कार्कीले १ हजार ३ सय ३७ मत ल्याएर सचिवमा विजयी हुँदा उनका दाई दिपक कार्कीले खुला केन्द्रीय सदस्यमा १ हजार ११६ मत ल्याएर विजयी बनेका छन् ।
एमालेका भर्खरै सम्पन्न मतगणना अनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी बनेका छन् । कार्की दाजु भाई नै ओलीको प्यानलमा थिए । दाई कार्की संविधानसभाका सदस्य हुन् भने भाई कार्की दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा बाहल छन् ।
कोशी प्रदेशबाट केन्द्रीय पदाधिकारीमा ५ जना विजयी भएका छन् । जसमा अध्यक्ष केपी शर्मा ओली, सचिवमा योगेश भट्टराई, भानुभक्त ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की निर्वाचित भएका हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।