विराटनगर । नेकपा एमालेको ११ महाधिवेशनबाट निर्वाचति केन्द्रीय समिति अध्यक्षसहित पाँच पदाधिकारी कोशी प्रदेशबाट निर्वाचित भएका छन् ।
बुधवार र बिहीबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइपुग्दा १९ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित ५ पदाधिकारी कोशीबाट निर्वाचित भएका हुन् ।
कोशी प्रदेशबाट अध्यक्षमा केपी शर्मा ओली, उपमहासचिवमा योगेश भट्टराई तथा सचिवहरुमा शेरधन राई, हिक्मतकुमार कार्की र भानुभक्त ढकाल निर्वाचित भएका हुन् । कोशीबाट उपाध्यक्षको उम्मेदवार भएका परशु मेघी गुरुङ, सचिवमा उम्मेदवार रहेका विनोद ढकाल र अग्नी खरेल भने पराजित भएका छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।