लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशनको अन्तिम परिणाम :

उपाध्यक्ष गोकर्ण र उपमहासचिव योगेशबाहेक सबै ओली प्यानलका निर्वाचित

उपाध्यक्ष गोकर्ण र उपमहासचिव योगेशबाहेक सबै ओली प्यानलका निर्वाचित

विराटनगर । नेकपा (एमाले) को ११औँ महाअधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरूमा २ जनाबाहेक सबै केपी ओली पक्षधर निर्वाचित भएका छन् ।

बिहीबार सार्वजनिक भएको अन्तिम मतपरिणाममाम अध्यक्ष ओलीसहित १९ पदाधिकारीमा १७ जना उनकै समूहका निर्वाचित भएका हुन् । उपाध्यक्षमा ईश्वर पोखरेल समूहका गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई बाहेक सबै ओली समूहकै निर्वाचित भएका हुन् ।

कुल २,२२७ मतका आधारमा भएको निर्वाचनमा अध्यक्षसहित ५ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ९ सचिव पदका लागि प्रतिस्पर्धा भएको थियो। अध्यक्ष पदमा केपी शर्मा ओली १ हजार ६६३ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे ।

उपाध्यक्ष पदमा पाँच जना विजयी भएका छन्। पृथ्वीसुव्वा गुरुङले १ हजार ७३७ मत, विष्णुप्रसाद पौडेलले १ हजार। ६७५, रामबहादुर थापा ‘बादल’ ले १ हजार ५१६, गोकर्णराज विष्ट १ हजार ३६८ र रघुजी पन्त १ हजार २५८ मतसहित विजयी भएका छन् । विजयी हुनेमा विष्ट ईश्वर पोखरेल प्यानलका हुन् भने बाँकी सबै ओली प्यानलका हुन् । ओली प्यानलका उपाध्यक्षका उम्मेदवार गुरुप्रसाद बरालले १ हजार १३७ मत पाएर पराजित भएका छन् । उपाध्यक्षका अन्य उम्मेदवारहरु विन्दा पाण्डेले ९२१ मत, परशुराम मेघी गुरुङले ४६१, अरुण नेपालले ४३९, टंकप्रसाद कार्कीले ३५८ र भीमप्रसाद आचार्यले २६५ मत प्राप्त गरे । आचार्य दुबै टिममा थिएनन् ।

महासचिव पदमा शंकर पोख्रेल १ हजार २२८ मतसहित विजयी भएका छन् । उनले पोखरेल समूहका महासचिवका उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले ९९९ मत पाए ।

उपमहासचिवमा तीन जना विजयी भएका छन्। लेखराज भट्ट १ हजार ४५२ मत, रघुवीर महासेठ १ हजार ३६८ मत र योगेश भट्टराई १ हजार ३४८ मतसहित निर्वाचित भए। उपमहासचिवमा पोखरेल समूहका भट्टराई निर्वाचित हुँदा ओली समूहका विष्णुप्रसाद रिमाल १ हजार ९१ मत पाएर पराजित भए । महासचिवका अन्य उम्मेदवारहरु आनन्द प्रसाद पोख्रेलले ६३५, वैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद गौतमले २७० मत पाए ।

सचिव पदमा नौ जना नै ओली समूहका विजयी भएका छन् । महेश बस्नेत १ हजार ५३४, पद्माकुमारी अर्याल १ हजार ५३०, छविलाल विश्वकर्मा १ हजार ५०६, शेरधन राई १ हजार ५०३, हिक्मतकुमार कार्की १ हजार ३३७, खगराज अधिकारी १ हजार ३३१, यमलाल कडेल १ हजार १८५, राजन भट्टराई १ हजार १८१ र भानुभक्त ढकाल १ हजार १०८ मतसहित विजयी भएका हुन् । सचिवका अन्य उम्मेदवारहरु गोकुलप्रसाद बास्कोटाले १ हजार ३०, ठाकुरप्रसाद गैरेले ८८३, रचना खड्काले ८७७, कर्णबहादुर थापाले ८४७, अग्निप्रसाद खरेलले ७१६, विनोद प्रसाद ढकालले ६८४, कृष्ण गोपाल श्रेष्ठले ६२५, पेम्बा लामाले ४९३,
लालबाबु पण्डितले ४९६, इन्द्रलाल साप्कोटाले ४०५ र पुरुषोत्तम पौडेलले ४६२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds