लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशन: ३६ प्रतिनिधिले हालेनन् भोट, को–को भए अनुपस्थित ? (सूचीसहित)

एमाले महाधिवेशन: ३६ प्रतिनिधिले हालेनन् भोट, को–को भए अनुपस्थित ? (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बुधबार बिहानबाट सुरु भएको मतदान २१ घण्टाभन्दा बढी समय लगाएर सकिएको हो ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार महाधिवेशनमा कुल २ हजार २ सय ६३ मतदाता रहेका थिए । जसमध्ये २ हजार २ सय २७ मत मात्र खसेको छ । विभिन्न कारणले ३६ जना मतदाता मतदान प्रक्रियामा सहभागी हुन सकेनन् ।

बुधबार बिहान ९ बजेर २० मिनेटमा सुरु भएको मतदान विद्युतीय मेसिनमार्फत गरिएको थियो । मतदान प्रक्रिया सम्पन्न हुन करिब साढे २१ घण्टा लागेको छ ।

यी हुन् भोट नहाल्ने ३६ मतदाता
निर्वाचन आयोगका अनुसार मतदानमा अनुपस्थित रहने तथा सहभागी नहुनेहरूमा केन्द्रीय कमिटी सदस्यदेखि विभाग र महाधिवेशन प्रतिनिधिहरूसम्म छन् । मतदान नगर्नेहरूको सूची यसप्रकार छ:

केन्द्रीय कमिटी सदस्यहरू:
१. मुकुन्द न्यौपाने
२. बसन्त नेम्वाङ
३. बालकृष्ण काउछा मगर
४. ब्रिजेश गुप्ता
५. राजकुमार गुप्ता
६. हरि बहादुर राजवंशी

अनुशासन आयोग:
१. पोष्ट कुमार नेपाल
२. सरस्वती गौतम
३. सतिलाल राजवंशी
४. प्रदीप प्याकुरेल ‘सुशील’ (उपस्थित भए पनि कार्ड नभएको)

निर्वाचन आयोग:
१. समिर नेपाल
२. रचना राजोपाध्याय

लेखा आयोग:
१. अशोक केसी

विभाग:
१. धनश्याम कोइराला
२. संजीव रोकाहा

महाधिवेशन प्रतिनिधिहरू:
१. कृष्णमाया भुजेल (झापा)
२. लक्ष्मी यादव (बारा)
३. शत्रुधन प्रसाद सिंह (सिरहा)
४. राजेन्द्र प्रसाद यादव (पर्सा)
५. अशु आनन्द (पर्सा)
६. मनोजकुमार गुप्ता (पर्सा)
७. विजय कापर (सप्तरी)
८. जितेन्द्र चौधरी (महोत्तरी)
९. दानबहादुर बिक
१०. बब्लु शिवाकोटी
११. सिर्जना नेपाली (प्रवास)
१२. अशिम कोइराला
१३. दिनेश बास्तोला
१४. गिरिराज बेलबासे
१५. राजेन्द्र अर्याल
१६. मिना पोख्रेल
१७. तेजकुमार विक
१८. पल्लवराज भट्ट
१९. तिलक रिजाल
२०. गोमा नेपाली

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds