लोड हुँदैछ...

मेनु

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार (पुस ४ गते) विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री यादवले प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने जानकारी गराएका हुन्।

उनले पत्रमार्फत पुस ४ गते विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाइदिन सभामुख तथा प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका यादव गत १९ मंसिरमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। सोही अनुसार उनले शुक्रबार विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।