काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २, बालकोटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ। बालकोटका स्थापित नेता रवि श्रेष्ठको नेतृत्वमा दर्जनौं नेता तथा कार्यकर्ताले एमाले परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
पार्टी ध्रुवीकरण तथा प्रवेश कार्यक्रममा नेता श्रेष्ठसहितको टोलीलाई नेपाल कम्युनिस्ट पार्टीमा भव्य स्वागत गरिएको छ। एमालेको कार्यदिशा र व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरू क्रान्तिकारी धारमा समाहित भएका हुन्।
नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुनेहरूमा नेतृत्वकर्ता रवि श्रेष्ठसहित ईश्वर सिलवाल, हरि बास्कोटा, भाईकृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दिपक खत्री, धुर्व के.सी., रुकुश वेकाजु, सुदिप प्रजा र कृष्णशरण लामिछाने लगायत रहेका छन्।
नवप्रवेशी सम्पूर्ण कमरेडहरूलाई पार्टीका जिम्मेवार नेताहरूले खादा र अबिर लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए। प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले अबको निकास र जनताको पक्षमा काम गर्ने शक्ति नेपाल कम्युनिस्ट पार्टी मात्र रहेको बताएका छन्।
बालकोट क्षेत्रमा राम्रो पकड भएका नेता श्रेष्ठको यो निर्णयले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ भने एमालेको गढ मानिने उक्त क्षेत्रमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।