लोड हुँदैछ...

मेनु

आमोदप्रसाद उपाध्यायको १३ औँ पुण्यतिथिमा मोरङमा विशेष शोक सभा गरिने

आमोदप्रसाद उपाध्यायको १३ औँ पुण्यतिथिमा मोरङमा विशेष शोक सभा गरिने

विराटनगर । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ । उपसभापति धनराज गुरुङको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै देशभरका पार्टी कार्यालयहरूमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले नेता उपाध्यायको सम्मानमा भोलि पुस १ गते केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रदेखि जिल्ला तहसम्मका सबै कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । साथै, १३ औँ दिनको पुण्यतिथिमा उपाध्यायको गृह जिल्ला मोरङमा विशेष शोक सभाको आयोजना गरिने भएको छ ।

मोरङमा स्थापित नेता उपाध्यायको राजनीतिक यात्रा लामो र प्रभावकारी रहेको थियो । वि।सं। २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित भएका उपाध्याय वि.सं. २०५६ मंसिर २३ गते सम्पन्न उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी वि।सं। २०५६ मा शिक्षा तथा खेलकुद मन्त्री समेत बनेका थिए । कांग्रेसले उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।