लोड हुँदैछ...

मेनु

प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगरमा घिमिरे

प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगरमा घिमिरे

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर कमिटीको अध्यक्षमा एम्स कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिबार सत्यनारायण स्कुलमा भएको भेलाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै नगर सचिवमा राजेन्द्रप्रसाद शाह, सह(सचिवमा आर्यनकुमार कलवार, सुभास मण्डल र रोहित खतिवडा चयन भएका छन् । यसैगरी छात्रा प्रमुखमा पूजा पराजुली, सह–छात्रा प्रमुखमा आरतीकुमारी यादव, प्रियङ्का मण्डल तथा मिडिया संयोजकमा यदिराज कोइराला र सांस्कृतिक कार्य प्रमुखमा विशेष रिसाल चयन भएका छन् ।

परिषदका राष्ट्रिय सचिव मुना विष्टका अनुसार कुल ३१ सदस्यीय महानगर कमिटी गठन गरिएको छ । कार्यक्रममा परिषद्का राष्ट्रिय सह–संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय उपाध्यक्ष चिन्तामणि बस्नेत, पूर्व राष्ट्रिय सचिव जीवन निरौला, कोशी प्रदेश सहसचिव नागेश कुलुङ राई, अभिषेक पोख्रेल, कोशी प्रदेश सदस्य मनोहर पौडेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।