विराटनगर । आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्यले दुई महिनाअघिको रेकर्ड तोडेको छ।
यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। अघिल्लो दिनको तुलनामा आइतबार सुनको भाउ २ हजार २ सय रुपैयाँले बढेको हो। शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने यस दिन घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको चाँदी आइतबार ८० रुपैयाँ घट्दै प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।