लोड हुँदैछ...

मेनु

प्रेम घिमिरेको ‘लै बरि लै लै’ सार्वजनिक

प्रेम घिमिरेको ‘लै बरि लै लै’ सार्वजनिक

विराटनगर । जापानमा बस्दै आएका गायक तथा संगीतकार प्रेम घिमिरेको नयाँ गीत ‘लै बरि लै लै’ सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालयबाट संगीतमा मास्टर डिग्री हासिल गरेका घिमिरे हाल जापानको एभरेष्ट इन्टरनेसनल स्कूलमा सयौं विद्यार्थीलाई संगीत सिकाउँदै आएका छन् ।

गीतमा स्वर र संगीत घिमिरेकै, शब्द तिर्थ बास्ताकोटी, र संगीत संयोजन दिनेश न्यौपानेको रहेको छ । भिडियोमा सम्राट अधिकारी र सृष्टि सुब्बाको अभिनय छ भने छायांकन दिनेश पराजुलीले गरेका छन् । निर्देशन तथा कोरियोग्राफी केशब राज भट्टले सम्हालेका छन् ।

कावासाकीका व्यवसायी आनन्द सेरचनले भिडियो स्पोन्सर गरेका छन् । गीतको भिडियो प्रेमले आफ्नै गाउँ हसिना सिमसार, सुन्दर हरैचामा छायांकन गरेका हुन्, गाउँलाई चिनाउने उद्देश्यले। ‘लै बरि लै लै’ सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।