विराटनगर । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ ।
मूल्यमा बृद्धिसँगै सुनको मूल्य २ लाख ५६ हजार ६ सय रुपैयाँमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार अघिल्लो दिन २ लाख ५३ हजार १ सयमा कारोबार भइरहेको सुन यस दिन भारी बृद्धि भएको हो ।
सुनको मूल्य यसअघिका रेकर्ड नजिक पुगेको छ । असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार पुगेको दर अहिलेसम्मकै उच्च बनेको थियो । पछिल्लो मूल्य बढ्दो क्रमले सो उच्च स्तर पुनः छुने संकेत देखिएको छ।
चाँदीले पनि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको चाँदी अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन ३ हजार ८०५ मा कारोबार भएको चाँदी दोस्रो दिन पनि उकालो लाग्दै हालसम्मकै उच्च मूल्यमा पुगेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।