लोड हुँदैछ...

मेनु

‘पढ्दै कमाउँदै’ अभियान : विद्यार्थीले सुरु गरे व्यावसायिक आलु र लसुन खेती

‘पढ्दै कमाउँदै’ अभियान : विद्यार्थीले सुरु गरे व्यावसायिक आलु र लसुन खेती

विराटनगर । जीवन विकास पब्लिक स्कुलका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै’अभियान अन्तर्गत व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । हातमा कापी–कलम मात्र होइन, माटो र कोदालो पनि चलाउन जान्नुपर्छ भन्ने सन्देश दिँदै कक्षा ११ र १२ का २४ जना विद्यार्थीले आलु र लसुन खेती थालेका हुन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको बीउबिजन तथा प्राविधिक सहयोगमा विद्यार्थीहरूले करिब ३ कट्ठा जग्गामा खेती गरिरहेका छन् । खेतीको रेखदेख विद्यार्थीले नै गर्नेछन् । पढ्दै कमाउँदै अभियान अन्तरगत विद्यार्थीलाई कृषि उत्पादनसँग जोड्नका लागि सहयोग गरिएको लघुवित्तको प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

धनपालथान गाउँपालिका– ४ मा रहेको हंशबाहिनी आधारभूत विद्यालयका १३ जना अति विपन्न विद्यार्थीलाई पनि पढ्दै कमाउँदै अभियान अन्तरगत जीवन विकासले कुखुराको चल्ला सहयोग गरेको छ । मंगलबार १३ जना विद्यार्थीलाई बिउ पूजीका रुपमा ८ वटाका दरले कुखुराको चल्ला वितरण गरेको हो । उद्यमशीलता विकासका लागि जीवन विकासले छुट्टै विभाग स्थापना गरि अभियान सञ्चालन गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।