लोड हुँदैछ...

मेनु

फागुन २१ को निर्वाचनमा भारतले सहयोगमा हजार बढी गाडी दिने

फागुन २१ को निर्वाचनमा भारतले सहयोगमा हजार बढी गाडी दिने

काठमाडौँ । भारत सरकारले आाउँदो फागुन २१ गते नेपालमा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सहयोगमा एक हजार भन्दा बढी गाडी उपलब्ध गराउने भएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भारत सरकारले चुनावी प्रयोजनका लागि एक हजार भन्दा बढी साना ढुला चार पाङ्ग्रे सवारी साधन दिने प्रतिबद्धता जनाएको जानकारी दिएका हुन् ।

नेपालस्थित भारतीय दूतावासले आयोगलाई सवारी साधन सहयोग गर्ने विषयमा जानकारी गराएको उनले बताए । ती सवारी साधनहरु अर्थ मन्त्रालयमार्फत आयोगलाई प्राप्त हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।