लोड हुँदैछ...

मेनु

मधेस सरकारको मन्त्रीमण्डल विस्तार, ३ मन्त्रीले लिए शपथ

मधेस सरकारको मन्त्रीमण्डल विस्तार, ३ मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेसका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् ।

नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्रीमण्डलमा शामिल गराएर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

जनमत पार्टी मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेबारी दिइएको छ भने कांग्रसका जंगीलाल राय र नेकपा एकिकृत समाजवादी पार्टीका कनिष पटेललाई विनाविभागीय मन्त्री बनाइएको छ ।

नवनियुक्त तीनै जना मन्त्रीहरुले आजै शपथ ग्रहण समेत गरेका छन् । उनीहरुलाई प्रदेशप्रमुख डा। सुरेन्द्र लाभले शपथ ग्रहण गराए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।