लोड हुँदैछ...

मेनु

फिफा विश्वकप–२०२६ को समूह विभाजन

फिफा विश्वकप–२०२६ को समूह विभाजन

विराटनगर । आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप–२०२ ६को समूह विभाजन सार्वजनिक भएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको वाशिंगटन डीसीमा आयोजित समारोहमा प्रतियोगिताको समूह विभाजन गरेको हो।

साविक विजेता अर्जेन्टिना समूह ‘जे’मा परेको छ। यस समूहमा अर्जेन्टिनासँगै अल्जेरिया, अस्ट्रिया र जोर्डन रहेका छन्। साविक उपविजेता फ्रान्स समूह ‘आई’मा परेको छ। फ्रान्ससँगै सेनेगल, नर्वे र प्लेअफ–२ बाट आउने टिम प्रतिस्पर्धा गर्नेछन्। पाँच पटकको च्याम्पियन ब्राजिल समूह ‘सी’मा परेको छ। यस समूहमा ब्राजिलसँगै मोरोक्को, हाइटी र स्कटल्यान्ड रहेका छन्।

इङ्ग्ल्याण्डले विश्वकप अभियान क्रोएसियाविरुद्ध शुरू गर्नेछ भने स्कटल्यान्डको पहिलो खेल १३ जुनमा बोस्टन वा न्यूयोर्कमा हाइटीविरुद्ध हुनेछ। त्यसपछि समूह ‘सी’ मा मोरक्को र ब्राजिलसँग खेल हुनेछ।

यो संस्करण पहिलोपटक ४८ टोलीको विश्वकप हुनेछ । जसमा प्रत्येक समूहमा चार टिम रहने गरी १२ समूह बनाइएको छ। हालसम्म ४२ टिमको टुंगो लागिसकेको छ भने बाँकी ६ टिम प्लेअफबाट छनोट हुनेछन्। प्रतियोगिता ११ जुन २०२६ अर्थात् आगामी जेठ २८ गतेदेखि १९ जुलाई २०२६ अर्थात् साउन ५ गतेसम्म अमेरिका, मेक्सिको र क्यानडाका विभिन्न सहरमा आयोजना हुनेछ।

विश्वकप–२०२६का समूह:

  • समूह ‘ए’– मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, युरोपियन प्लेअफ–डी
  • समूह ‘बी’– क्यानडा, युरोपियन प्लेअफ–ए, कतार, स्वीट्जरल्यान्ड
  • समूह ‘सी’– ब्राजिल, हाइटी, मोरोक्को, स्कटल्यान्ड
  • समूह ‘डी’– अमेरिका, पराग्वे, अस्ट्रेलिया, युरोपियन प्लेअफ–सी
  • समूह ‘इ’– जर्मनी, क्युराकाओ, आइभेरी कोस्ट, इक्वेडर
  • समूह ‘एफ’– नेदरल्यान्ड्स, जापान, युरोपियन प्लेअफ–बी, ट्युनिसिया
  • समूह ‘जी’– बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
  • समूह ‘एच’– स्पेन, केप भर्ड, साउदी अरेबिया, उरुग्वे
  • समूह ‘आई’– फ्रान्स, सेनेगल, प्लेअफ–२, नर्वे
  • समूह ‘जे’– अर्जेन्टिना, अल्जेरिया, अस्टिया, जोर्डन
  • समूह ‘के’– पोर्चुगल, प्लेअफ–१, उज्बेकिस्तान, कोलम्बिया
  • समूह ‘एल’– इङ्गल्याण्ड, क्रोएसिया, घाना, पानामा

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।