विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आज मधेश प्रदेशको राजधानी जनकपुरमा एकता सन्देश सभाको आयोजना गर्दैछ ।
विभिन्न १६ ओटा पार्टी तथा समूहहरु मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले देशका सातै प्रदेशमा एकताको सन्देश दिने उद्देश्यले सभा आयोजना गर्ने क्रममा मधेशमा आज सन्देश सभाको आयोजना गरेको हो ।
सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ, डा.भीम रावल, राजेन्द्र श्रष्ठ, मातृकाप्रसाद यादवलगायतले सम्बोधन गर्नेछन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।