लोड हुँदैछ...

मेनु

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

विराटनगर। मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विभिन्न सात राजनीतिक दलका ७७ प्रदेश सांसदले यादवलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षरसहितको समर्थन दिएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ सांसदको समर्थनमा प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।