विराटनगर । सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
कञ्चनरुप नगरपालिका २ बरमझियामा गएराति जनकपुरबाट काकडभिट्टातर्फ आउँदै गरेको गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा बसमा सवार ५० वर्षीय पुरुष यात्रुको मृत्यु भएको हो । मृतकको नाम ठेगाना खुलेको छैन ।
दुर्घटनामा भारतीय नागरिकसहित करिब १२ जना घाइते भएका छन् । भारतको जिल्ला मधुवनी सुजातपुर नगरपालिका ११ का ३२ वर्षीय मो.सहिद, १२ वर्षीय अलताफ ईनताफ, भारत रागोरपुर बख्री ४ का २२ वर्षीय अनिसकुमार शर्मा, जिल्ला सितामाडी भिठामोड ४ बस्ने २४ वर्षीय सुभान्सुकुमार झा र भारत सिरखण्डी भिठा ६ बस्ने का ७३ वर्षीया शान्ती देवी घाइते हुनुभएको छ ।
यसैगरी, महोत्तरी जलेश्वर नगरपालिका ४ का ५४ वर्षीय जेरुद्र झा, सुनसरी हरिनगरा गाउँपालिका ४ को ३१ वर्षीय शंकर कुमार मेहता, धनुषा लक्ष्मनिया गाउँपालिका ६ का २३ वर्षीय सोनु राम, झापा बुद्धशान्ती गाउँपालिका १ बस्ने टिका देवी दुलाल, सर्लाही पर्सा गाउँपालिका ६ का ४० वर्षीय मनोजकुमार साह र मोरङ सुन्दर हरैचा न.पा. ४ का २७ वर्षीय २७ की कृतिका कोइराला घाइते भएका छन् ।
घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बसमा सवार ५५ जना यात्रु सबार थिए




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।