मधेशका मुख्यमन्त्री यादवले भोलि दिउँसो २ बजे विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले भोलि दिउँसो २ बजे विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि विश्वासको मत लिने भएका छन् । आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोलि दिउँसो २ बजे विश्वासको मत लिने बताएका हुन् ।

सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी भएको पत्र आज दिउँसो ३ बजेमात्र प्राप्त भएकोले भोलि दिउँसो २ बजे विश्वासको मत लिने उनले बताए ।

उनले विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने आशा गरेको बताए । यद्यपि आउँदो २४ घण्टाभित्र कुनै राजनीतिक घटनाक्रम फेरबदल नभएमा मधेश प्रदेशसभामा उनीविरुद्ध झण्डै दुई तिहाई मत देखिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्