विराटनगर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतले सोमबार अबेर मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो । गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!