नेकपा र अशोक राई नेतृत्वको जसपाबिचको एकता प्रक्रिया निष्कर्ष नजिक

नेकपा र अशोक राई नेतृत्वको जसपाबिचको एकता प्रक्रिया निष्कर्ष नजिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बिचको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बिहीबार पेरिसडाँडामा बसेको दुवै पार्टीको कार्यदलस्तरीय बैठकमा एकताका लागि आवश्यक सहमति जुटेको हो।

पार्टी नेता प्रकाश ज्वालाका अनुसार, दुई दल बिच राजनीतिक र सैद्धान्तिक विषयमा सहमति भइसकेको छ भने सङ्गठनात्मक विषयमा पनि छलफल निष्कर्षउन्मुख भएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले कार्यदलस्तरमा घनिभूत छलफल गरेर सहमतिको मस्यौदा तयार पारेका छौँ। प्राप्त सुझावहरूलाई समेटेर भोलि (शुक्रबार) बस्ने बैठकबाट एकता प्रक्रियालाई अन्तिम रूप दिनेछौँ।’

नेता ज्वालाले विचार र सिद्धान्त मिल्ने अन्य समूहहरूसँग पनि पार्टी एकताका लागि छलफल अघि बढाइएको जानकारी दिए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्