लोड हुँदैछ...

मेनु

दुर्घटनामा परी भाण्टाबारीमा प्रहरी जवानको मृत्यु

दुर्घटनामा परी भाण्टाबारीमा प्रहरी जवानको मृत्यु

सुनसरी । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा गरपालिका–२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको हो ।

प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १–०२–००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए ।

दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका–८ का ४४ वर्षीय रजाक मियाँ फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।