लोड हुँदैछ...

मेनु

ओएसएस कस्मेटिकको पहल, ब्रान्डेड सामग्रीबारे ब्युटिसियनलाई सेमिनार

ओएसएस कस्मेटिकको पहल, ब्रान्डेड सामग्रीबारे ब्युटिसियनलाई सेमिनार

विराटनगर । बजारमा नक्कली कस्मेटिक सामग्रीको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न र सौन्दर्यकर्मीहरूलाई गुणस्तरीय उत्पादनबारे सचेत गराउन विराटनगरमा एक बृहत् सेमिनार आयोजना गरिएको छ ।

विराटनगरको ट्राफिक चोकस्थित ओएसएस कस्मेटिकको आयोजनामा शनिबार होटल स्वागतमा उक्त सेमिनार आयोजना गरिएको हो ।

‘जेन्युन’ र गुणस्तरीय कस्मेटिक उत्पादनको महत्वबारे जानकारी दिने उद्देश्यले आयोजित सो सेमिनारमा मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट करिब २५० जना ब्युटिसियनहरूको सहभागिता रहेको थियो । पछिल्लो समय बजारमा ब्रान्डेड सामानको नाममा कपी वा नक्कली सामग्रीहरू प्रशस्त आउन थालेकाले त्यसबाट उपभोक्ता र व्यवसायी दुवैलाई जोगाउन यो कार्यक्रम फलदायी हुने आयोजकको विश्वास छ ।

ओएसएस कस्मेटिककी प्रबन्ध निर्देशक रीता ढकालले सेमिनारको उद्देश्य प्रस्ट पार्दै भनिन्, ‘ग्राहकहरूले महँगो मूल्य तिरेर पनि नक्कली सामान पाइरहेको अवस्था छ । विराटनगरमा अन्तर्राष्ट्रिय स्तरका जेन्युन सामानहरू भित्र्याएसँगै तिनको सही प्रयोग र नक्कली सामान चिन्न सक्ने क्षमता ब्युटिसियनहरूमा हुनुपर्छ भन्ने हेतुले हामीले यो सेमिनार आयोजना गरेका हौँ ।’

सेमिनारमा मेकअप आर्टिस्ट सलोनी गिरीले मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण दिएकी थिइन् । उनले सहभागीहरूलाई तराईको गर्मी र यहाँको मौसम अनुकूल कसरी टिकिरहने मेकअप गर्ने भन्नेबारे ‘डेमोन्स्ट्रेशन’ मार्फत सिकाएकी थिइन् । साथै, फ्रान्स, अस्ट्रेलिया, टर्की र भारतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मोइस्चराइजर, फाउन्डेसन, लिपस्टिक र सेटिङ स्प्रे जस्ता सामग्रीहरूको सही छनोट र प्रयोगबारे पनि विस्तृत छलफल गरिएको थियो ।

सौन्दर्य व्यवसायलाई थप मर्यादित र व्यावसायिक बनाउन यस्ता सेमिनारले मद्दत पुग्ने सहभागी ब्युटिसियनहरूले बताएका छन् । नक्कली कस्मेटिकको प्रयोगले छालामा गम्भीर समस्या निम्त्याउन सक्ने भन्दै आयोजकले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।