लोड हुँदैछ...

मेनु

नेपाल उद्योग परिसंघ कोसी प्रदेश उत्कृष्ट प्रदेशबाट सम्मानित

नेपाल उद्योग परिसंघ कोसी प्रदेश उत्कृष्ट प्रदेशबाट सम्मानित

विराटनगर । नेपाल उद्योग परिसंघको २३औं केन्द्रीय अधिवेशनमा कोसी प्रदेश समिति सातवटै प्रदेशमध्येबाट ‘वेस्ट प्रोभिन्स’ को रूपमा सम्मानित र पुरस्कृत भएको छ ।

काठमाडौंमा आयोजित अधिवेशनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग परिसंघ कोसी प्रदेशका अध्यक्ष पवन कुमार सारडालाई उत्कृष्ट प्रदेशको ट्रफी प्रदान गर्दै सम्मान गरे । परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्र राज पाण्डेको सभापतित्वमा भएको अधिवेशनमा संस्थापक अध्यक्ष विनोद चौधरीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यसै अवसरमा मुलुकको औद्योगिक विकास र निर्यात प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्‍याउने कोसी प्रदेशका तीनवटा ठूला उद्योगहरूलाई समेत सम्मान गरिएको छ । सम्मानित हुने उद्योगहरूमा बाबा भेजिटेबल आयल इण्डष्ट्रिज प्रा.लि. (कटहरी), रिलायन्स स्पिनिङ मिल्स लि. (इटहरी) र शिवम् प्लास्टिक इण्डष्ट्रिज (मोरङ) रहेका छन् । ती उद्योगहरूको तर्फबाट निर्देशकहरू क्रमशः प्रकाश मुण्डडा, शशीकान्त अग्रवाल र विशाल थापाले सम्मान पत्र ग्रहण गरेका छन् ।

अधिवेशनमा कोसी प्रदेशको तर्फबाट अध्यक्ष पवन कुमार सारडाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्डडा, संस्थापक अध्यक्ष भीम घिमिरे, प्रमुख सल्लाहकार महेश जाजु, संस्थापक सदस्य नवीन रिजाल र महानिर्देशक विजय हरि शर्माको सहभागिता थियो ।

परिसंघका महानिर्देशक विजय हरि शर्माले कोसी प्रदेशलाई यो उचाइसम्म पुर्‍याउन सहयोग गर्ने सञ्चारकर्मी, संस्थाको नेतृत्व, सदस्यहरू तथा सचिवालयका कर्मचारीहरूप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds