लोड हुँदैछ...

मेनु

चट्याङले रंगेली सब-स्टेशनको ट्रान्सफर्मर जल्यो, दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द

चट्याङले रंगेली सब-स्टेशनको ट्रान्सफर्मर जल्यो, दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द

रंगेली  गएराति हावाहुरीसहित परेको चट्याङका कारण रंगेली विद्युत् प्राधिकरणको सब-स्टेशनमा क्षति पुग्दा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गएराति पौने १२ बजे र २ बजेको समयमा परेको चट्याङले सब-स्टेशनमा रहेको १०० केभीए को स्टेशन ट्रान्सफर्मर जलाएपछि रंगेली महात्तम क्षेत्रको विद्युत् आपूर्ति ठप्प भएको हो । नेपाल विद्युत् प्राधिकरण रंगेली शाखाका अनुसार जलेको ट्रान्सफर्मर मर्मत र फेर्नका लागि आवश्यक तयारी भइरहेको छ ।

विराटनगरबाट नयाँ ट्रान्सफर्मर ल्याउनका लागि टोली खटिसकेको र काम तीव्रताका साथ भइरहेको प्राधिकरणले जनाएको छ । मर्मत कार्य सम्पन्न गरी आज दिउँसो ३ बजेसम्ममा विद्युत् सुचारु गर्ने लक्ष्य राखिएको छ । यद्यपि, काम चाँडै सकिएमा तोकिएको समयभन्दा अगावै पनि विद्युत् आपूर्ति सुरु हुन सक्ने जानकारी दिइएको छ । अचानक भएको यो अवरोधबाट पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।