विद्यार्थीलाई ‘सीए’ बनाउन कान्तिपुर कलेजको पहल, आइक्यानसँगको सहकार्यमा अभिमुखीकरण

विद्यार्थीलाई ‘सीए’ बनाउन कान्तिपुर कलेजको पहल, आइक्यानसँगको सहकार्यमा अभिमुखीकरण

विराटनगर । विराटनगर–१० मा अवस्थित कान्तिपुर कलेजले आफ्ना विद्यार्थीहरूलाई चार्टर्ड एकाउन्टेन्सी ९सीए० अध्ययनतर्फ आकर्षित गर्न र यससम्बन्धी विस्तृत जानकारी प्रदान गर्न एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान० सँगको सहकार्यमा बिहीबार आयोजित कार्यक्रममा सीए बन्ने प्रक्रिया र यसको भविष्यबारे विद्यार्थीहरूलाई प्रष्ट पारिएको थियो ।

कार्यक्रममा आइक्यानका विज्ञहरू सीए युवराज उप्रेती, शाखा अधिकृत जेबी भुटिया र बन्दना थापाले सहजीकरण गरेका थिए । उनीहरुले सीए अध्ययनका लागि आवश्यक भर्ना प्रक्रिया, नेपालमा दक्ष सीएको माग, र यस क्षेत्रमा रहेको उज्ज्वल भविष्यका बारेमा विद्यार्थीहरूले राखेका जिज्ञासाहरूलाई सम्बोधन गरे ।

कलेजका प्रिन्सिपल भुवन नेपालले स्थापनाकालदेखि नै कान्तिपुरबाट सीए उत्तीर्ण गरेर सफल भएका विद्यार्थीहरूको उदाहरण दिँदै हाल अध्ययनरत विद्यार्थीहरूलाई पनि यस क्षेत्रमा लाग्न प्रेरणा दिए । उनले विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा कलेजले दक्ष जनशक्ति उत्पादन र प्रयोगात्मक सिकाइमा जोड दिँदै आएको बताए । कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्