मधेसका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

मधेसका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

विराटनगर । सर्वोच्च अदालतले मधेस प्रदेशका ५ जना सदस्यलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय कार्यान्वयनमा रोक लगाएको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार मधेसका सभामुख रामचन्द्र मण्डलले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

कात्तिक २७ गते सभामुख मण्डलले आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि जनता समाजवादी पार्टीका ४ र नागरिक उन्मुक्तिका १ सांसदलाई पदमुक्त गरेका थिए। जसपाका सांसदहरू मनीषकुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई उनले पदमुक्त भएका थिए ।

लगातार १०वटा प्रदेशसभा बैठकमा उपस्थित नभएको भन्दै सभामुख मण्डलले उनीहरुलाई पदमुक्त गरिएको सूचना टाँस गरेका थिए । सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।