काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल आज काठमाडौँमा कार्यक्रम गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।
रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेको हो । आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह सयाेजक माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन् ।
बुधबार दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।रावल सगै अन्य नेताहरू पनि प्रवेश गर्ने नेताहरूले बताएका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।