लोड हुँदैछ...

मेनु

मुख्यमन्त्री यादवको शपथ ग्रहण विवादमा, कार्यालयमा तालाबन्दी

मुख्यमन्त्री यादवको शपथ ग्रहण विवादमा, कार्यालयमा तालाबन्दी

जनकपुरधाम । मधेश प्रदेशमा राजनीतिक अस्थिरता चुलिएको छ । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको शपथ ग्रहणलाई लिएर विवाद उत्पन्न भएको छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनललगायतका सांसदहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दी गरेपछि यो विवादले नयाँ मोड लिएको हो ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार राति नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । तर, सोमबार बिहानै राजधानी जनकपुरधाम बाहिर महोत्तरीको बर्दिबासमा रहेको एक होटलमा यादवलाई शपथ गराइएपछि राजनीतिक दलहरूले यसको विरोध गरेका छन् ।

प्रदेश प्रमुख भण्डारीले स्वास्थ्यको कारण देखाउँदै बिहान ४ बजे जनकपुरधाम छाडेकी थिइन् । बर्दिबास पुगेर यादवलाई नेपालको संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

हतारमा र राजधानी बाहिर मुख्यमन्त्री नियुक्त गरी शपथ गराइएको भन्दै मधेश केन्द्रित दलहरूले कडा आपत्ति जनाएका छन् । यही क्रममा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलसहितका सांसदहरूले मुख्यमन्त्री कार्यालयमा ताला लगाएका हुन् । उनीहरुले नयाँ मुख्यमन्त्रीलाई कार्यालय प्रवेश गर्न नदिने रणनीति बनाएका छन् । यसका साथै प्रदेशका केही मन्त्रालयहरूमा तोडफोडका घटनाहरू पनि भएका छन् ।

शनिबार मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि सुरु भएको हो । नियुक्ति भएको २५ दिनमै सोनलको सरकार ढलेको थियो ।

यसैबीच, नवनियुक्त मुख्यमन्त्री यादवसँगै विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कञ्चन बिच्छालाई उनको पार्टीले सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।